सचेतनामुलक सूचना

इजरायलमा रहेका नेपालीहरु तथा इजरायलमा रोजगारीको लागि आउन इच्छुक नेपाली हरुलाई नेपाली राजदूतावास तेल अविवको सचेतनामूलक सूचना



इजरायलमा केयर गिभर कृषि कामदार वा अन्य रोजगारीको लागि आउन चाहने वा आफ्ना आफन्तहरु ल्याउन चाहने नेपालीहरुले यस विषयमा निम्न कुराहरुलाई ख्याल राखेमा यस सम्बन्धमा ठगिने वा अलपत्र पर्ने अवस्थाबाट बच्न सकिन्छ ।



१। अनधिकृतरुपमा एजेन्सीको काम गर्ने व्यक्तिहरु सँग यस विषयमा आर्थिक लगायत कुनै पनि कारोबार नगर्ने । यस्ता व्यक्तिहरुले मान्छे इजरायल झिकाइदिन्छु भनी रकम बिुभलिने तर पछि नक्कली कागज दिने मान्छे ल्याउन नसकेमा रकम फिर्ता नदिने नक्कली कागज तयार गरेर ल्याईहाले पनि काममा लगाउन नसक्ने गरेको कुरा यस राजदूतावासको जानकारीमा आएको छ ।


२। दर्तावाल इजरायली म्यानपावर एजेन्सी तथा नेपाली म्यानपावर एजेन्सी मार्फत मात्रै यस विषयमा कारोबार गर्ने ।


३। तपाईंलाई झिकाउने म्यानपावर एजेन्सी इजरायलमा दर्ता भएको इजाजत प्राप्त एजेन्सी हो कि होइन र त्यस एजेन्सीले विदेशी कामदार छनौट गर्न इजाजत प्राप्त गरेको छ छैन राजदूतावास मार्फत बुझ्न सकिने ।


४। तपाईंले प्रयोग गर्नुभएको नेपाली कम्पनीको नाममाा सम्बन्धित इजरायली कम्पनीले नेपाली राजदूतावास तेल अविवबाट आवश्यक कागजातहरु प्रमाणीकरण गरेको छ कि छैन नेपाली राजदूतावासमा सम्पर्क गरी बुझ्न सकिने ।


५। इजरायल सरकारले इजरायली म्यानपावर एजेन्सीहरुलाई एउटा कामदार इजरायल झिकाई काममा लगाए वापत ३१३५ शेकेल मात्र कमिशन शुल्क तोकेको छ । यसबाहेक कामदारले हवाई टिकट भिषा स्वास्थ्य परीक्षण आदि बापतको रकम मात्र तिरे पुग्छ ।


६। इजरायलमा केयर गिभर र कृषि कामदारको रुपमा मात्र काम गर्न पाउने भिषामा बसेका केही व्यक्तिहरुले इजरायल तथा नेपालको कानून विपरीत म्यानपावर एजेन्सीले गर्ने कामहरु ग्ार्ने र इजरायलस्थित म्यानपावर एजेन्सीहरुलाई भेटेर आफु मार्फत नेपालबाट कामदार ल्याएमा अन्यले दिएको भन्दा बढि कमिशन दिन्छु भनी कमिशनको होड गर्ने गरेकाले नेपालीहरुले ज्यादै महँगो रकम तिरेर इजरायलमा काम गर्न आउने गरेको सुनिन्छ ।


७। यस प्रकारको गै-ह कानूनी काममा सँलगन भै नेपाल तथा नेपालीलाई घाटामा पार्ने ठग्ने तथा नेपाल तथा नेपालीको छवी विगार्नेहरुलाई इजरायल तथा नेपालको प्रचलित कानून बमोजिम कारवाही गर्न पिडित व्यक्तिहरु त्ाथा अन्य चासो तथा सरोकार राख्ने सचेत नेपाली तथा इजरायली नागरिकहरुले कारोबारको प्रमाण जुटाई इजरायली प्रहरीमा सिधै उजूरी दिन सक्छन् अथवा नेपाली राजदूतावास मार्फत पनि यस्ता उजूरी सम्बन्धित निकायमा पठाउन सकिन्छ । तर यस्ता उजूरी दिँदा भर पर्दो प्रमाण जुटाउनु पर्ने हुन्छ ।


८। ठगिई सकेपछि पछुताउनु भन्दा समस्यामा पर्नु पहिल्यै सचेत हुनु राम्रो हो । एक पटक ठगिई सकेपछि त्यसको उपचार तथा क्षतिपूर्तिको लागि समय तथा अन्य साधनको खर्च हुने प्रमाण पुर्याउन गार्हो हुने हुनाले यस्ता प्रकारका सचेतना मूलक सूचनाहरु आफ्ना साथी सँगती आफन्त तथा अन्य सम्मर्कमा आउने व्यक्तिहरुलाई बढी भन्दा बढी जानकारी गराई असल नेपाली नागरिकको कर्तव्य निभाऔं ।
: this site is constructed temporarily for a limited period of time!